अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रको नेतृत्वमा देशको आर्थिक अवस्था सुधारोन्मुख भएको बताए

301 Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको आर्थिक अवस्था सुधारोन्मुख रहेको भएता पनि उद्यमी व्यवसायीको मनोबल अहिले पनि बढ्न नसकेको बताएका छन्।

अध्यक्ष ढकालले आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने आवश्यकता व्यक्त गर्दै, “हामी उद्यमीले प्रतिकूलतामा अनुकूलता खोज्ने प्रयास गर्दै आएको छौं,” भने। उनले महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८१ को समारोहलाई सम्बोधन गर्दै सुधारको प्रयास अझै जारी रहेको उल्लेख गरे।

अध्यक्ष ढकालले देशभरका २४० उद्यमी व्यवसायीसँग गरिएको सर्वेक्षणको आधारमा उनीहरूको मनोबल अझै पनि बढ्न नसकेको कुरा बताए। उनले थपे, “हामी निराशा होइन, आशा छर्न चाहन्छौं।”

उनले व्यवसायिक सफलतासँगै सरकार र निजी क्षेत्रको सहकार्यमा सुधार र अवसरहरूको खोजी जारी राख्ने प्रतिबद्धता जनाए।

सम्बन्धित समाचार

सबै