विकास प्रचारमा होइन, जनताले महसुस गर्ने गरी गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

213 Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास प्रचारबाजीका लागि मात्र होइन, जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्ने गरी हुनुपर्ने बताएका छन्। अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको ३१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले अब प्रचारभन्दा प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने समय आएको उल्लेख गरे।

सिंहले बागमती नदी किनारमा रहेका मन्दिरहरूको पुनःनिर्माण तथा जिर्णाेद्वार गरिएको जानकारी दिँदै, ‘हेरिटेज वाक’ लगायतका परियोजनाहरू प्रभावकारी रूपमा अघि नबढेकोप्रति असन्तुष्टि व्यक्त गरे।

उनले बागमती नदीको सफाइ, करिडोर व्यवस्थापन, दुर्गन्ध हटाउने कार्यमा ठोस योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। “हामीसँग विकल्प छैन, नदी सफा गर्न, करिडोर व्यवस्थित गर्न र सम्पदाको संरक्षण गर्न योजनाबद्ध ढंगले काम गर्नु नै जरुरी छ,” सिंहले भने।

सम्बन्धित समाचार

सबै