बजेट तयारीबारे छलफल गर्न प्रधानमन्त्री ओलीद्वारा मन्त्री र सचिवहरूलाई सिंहदरबार बोलावट

232 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट तयारीका सन्दर्भमा सबै मन्त्री र सचिवहरूलाई आज (बिहीबार) सिंहदरबारमा छलफलका लागि बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

छलफलमा सबै मन्त्री र सचिवहरूको सहभागिता रहने जनाइएको छ। प्रधानमन्त्री ओलीले हालका योजना तथा कार्यक्रमहरूको प्रगति विवरण लिँदै आगामी नीति, कार्यक्रम र बजेटका प्राथमिकताहरूमा छलफल गर्न लागेको बताइएको छ।

संविधानअनुसार सरकारले जेठ १५ गतेभित्र नयाँ बजेट संसदमा पेश गर्नुपर्ने व्यवस्था छ। त्यसअघि राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ, जसलाई ‘मिनी बजेट’ पनि भनिन्छ।

सम्बन्धित समाचार

सबै