काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जति सफा गरे पनि संवैधानिक राजा बनाउन नसकिने स्पष्ट पारेका छन्। कांग्रेसको दोस्रो प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले राजावादीहरूलाई संवैधानिक राजाको एजेण्डा लिएर समय खेर नफाल्न आग्रह गरे।
महामन्त्री थापाले पूर्वराजा शाहको विगतको भूमिकालाई स्मरण गर्दै भने, “निर्मल निवासमै हुँदा यस्तो उत्पात मच्याउने व्यक्तिलाई संवैधानिक राजा बनाउने कल्पना पनि गर्न सकिँदैन।” उनले पछिल्लो समय पूर्वराजा नजिकिएका केही व्यक्तिहरूप्रति पनि टिप्पणी गरे।
“कहाँको दुर्गा प्रसाईं खोजेर ल्याउने, नवराज सुवेदीजस्ता सुतेर बसेका मान्छेहरू, जो अस्तिसम्म राजालाई गाली गर्दै किताब लेख्दै थिए, अहिले पूर्वराजा पक्षमा उभिएका छन्,” उनले भने, “निर्मल निवासमै हुँदा यस्तो अवस्था हो भने नारायणहिटी पुगेपछि के हुन्थ्यो भन्ने कल्पना गर्न पनि डर लाग्छ।”
थापाले जनताका प्रतिनिधिहरू नै देश चलाउन सक्षम रहेको उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्थालाई नै सुदृढ बनाउनु पर्नेमा जोड दिए।