नेपाल बार एशोसिएसनको निर्वाचनमा मिश्र नेतृत्वको संयुक्त प्यानलको शानदार जित

112 Shares

काठमाडौं । नेपाल बार एशोसिएसनको निर्वाचनमा वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र नेतृत्वको संयुक्त प्यानलले २५ वटै पदमा विजय हासिल गर्दै शानदार सफलता प्राप्त गरेको छ। अन्तिम मत परिणाम सार्वजनिक हुन बाँकी भए पनि हालसम्मको मतगणनाबाट मिश्र प्यानलका सबै उम्मेदवार विजयी भएका छन्।

मिश्र नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपा निकट कानुन व्यवसायीहरूको साझा प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार हुन्। निर्वाचन अधिकृत तेजनाथ धमलाका अनुसार हाल ललितपुरको ‘ट्याली’ कार्य भइरहेको छ र दिउँसो १ बजे पत्रकार सम्मेलनमार्फत आधिकारिक नतिजा सार्वजनिक गरिनेछ।

उनको प्यानलबाट महासचिवमा केदारप्रसाद कोइराला विजयी भएका छन् भने सातवटै प्रदेशका उपाध्यक्षहरूमा पदमप्रसाद लिम्बु (कोशी), अजयशंकर झा (मधेस), तेजबहादुर रावल (बागमती), भूपेन्द्र खनाल (गण्डकी), कृष्णप्रसाद पोखरेल (लुम्बिनी), विवशकुमार बस्नेत (कर्णाली) र सिद्धराज ओझा (सुदूरपश्चिम) विजयी भएका छन्। महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठ विजयी भएकी छन्।

यस निर्वाचनमा मिश्रका प्रतिस्पर्धी अधिवक्ता रमन श्रेष्ठ माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र रास्वपा निकट कानुन व्यवसायीहरूको प्यानलबाट उम्मेदवार बनेका थिए।

सम्बन्धित समाचार

सबै