प्रधानमन्त्री ओली र भारतीय कृषि मन्त्री चौहानबीच भेटवार्ता, कृषिमा सहकार्यको प्रतिबद्धता

232 Shares

काठमाडौं, चैत २७ – नेपाल भ्रमणमा रहेका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्। बिमस्टेक अन्तर्गत कृषिमन्त्रीहरुको बैठकमा सहभागी हुन आएका चौहानले प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग भेट गरेका हुन्।

भेटमा मन्त्री चौहानले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै दुवै देशले कृषिको आधुनिकीकरण, खाद्य सुरक्षा र आर्थिक विकासका क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिए। उनले दुईपक्षीय सम्झौता र संयुक्त कार्य समूहलाई प्रभावकारी रुपमा अघि बढाउनु पर्ने धारणा राखे।

प्रधानमन्त्री ओलीले कृषिलाई मानवीय जीवन र उद्यमशीलताको मेरुदण्डका रूपमा उल्लेख गर्दै यसको आधुनिकीकरणमार्फत आर्थिक समृद्धिका लागि दुई छिमेकीले सहकार्य गर्नु आवश्यक रहेको बताए।

प्रधानमन्त्रीले हालै थाइल्याण्डको बैङ्ककमा भारतीय प्रधानमन्त्री मोदीसँग भएको भेटवार्ताले दुई देशबीच विश्वासको वातावरण बनाएको भन्दै अब इतिहास र भावनामा मात्र नभई आर्थिक विकासमा केन्द्रित भएर अघि बढ्ने बेला आएको बताए।

भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायतको उपस्थिति थियो।

सम्बन्धित समाचार

सबै