रास्वपाको सचिवालय बैठक बस्दै, रवि लामिछाने थुनामा पठिएपछि पहिलोपटक छलफल

400 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बसिरहेको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा थुनामा रहेका सभापति रवि लामिछाने कारागार चलान भएकोपछि पहिलोपटक सचिवालय बैठक बसेको हो।

बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टीका गतिविधि र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने जनाइएको छ। यस्तै, पार्टीको अधिवेशन तयारी, जनयात्रा कार्यक्रम, प्रदेश जिम्मेवारी बाँडफाँट लगायतका विषयहरू पनि एजेन्डामा रहेका छन्।

पूर्वगृहमन्त्री लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले थुनामा राख्न आदेश दिएपछि चैत २२ गते काठमाडौँस्थित निवासबाट पक्राउ गरिएको थियो। उनलाई चैत २५ गते जिल्ला अदालत रुपन्देहीमा पेस गरी थुनुवा पुर्जीसहित कारागार चलान गरिएको हो।

सम्बन्धित समाचार

सबै