बारको अध्यक्षमा प्राडा मिश्रको अग्रता कायमै, हालसम्म कसको मत कति ?

235 Shares

काठमाडौं । नेपाल बार एशोसिएसनको २७ औं नयाँ केन्द्रीय कार्यसमितिको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रले दोब्बर मतले अग्रता लिएका छन्।

नेपाल बार एशोसिएसन निर्वाचन–२०८१ का प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार ६ हजार मत गणना गर्दा अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा मिश्रले तीन हजार तीन सय ६९ मत र अध्यक्षका अर्का उम्मेदवार वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले एक हजार पाँच सय ४१ मत प्राप्त गरेका छन्।

त्यस्तै, महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले तीन हजार दुईसय ५४ मत र यज्ञमणि न्यौपानेले एक हजार तीनसय ९९ मत प्राप्त गरेका छन् । बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । सोमबार १२ बजेदेखि मतगणना सुरु गरिएको थियोे । बारको नयाँ कार्यसमिति चयन गर्न नौ हजार ९९७ मतदाता रहेकामा सात हजार ९९५ (८० प्रतिशत) मत खसेको थियो ।

कूल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो । बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो । मतगणना जारी छ।

सम्बन्धित समाचार

सबै