शिक्षकहरूको माग अविलम्ब सम्बोधन गर्न झलनाथ खनालको आग्रह, आन्दोलन चर्किने चेतावनी

247 Shares

काठमाडौं, बुधबार — नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आन्दोलनरत शिक्षकहरूको माग अविलम्ब सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्।

आज एक विज्ञप्ति जारी गर्दै उनले शिक्षकहरूको जायज आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सरकार गम्भीर नभए जनआन्दोलन चर्किने चेतावनी पनि दिएका छन्।

खनालले भनेका छन्, “आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न, शिक्षा ऐन ल्याउने ग्यारेन्टी गर्न र शैक्षिक समस्याहरू समाधान गर्दै शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाउन म सरकारसँग जोडदार माग गर्दछु।”

सरकारले शिक्षकहरूको आवाज नसुनेको उल्लेख गर्दै उनले यो आन्दोलनलाई न्यायप्रेमी नेपाली, वामपन्थी र देशभक्त जनताको समर्थन रहेको बताएका छन्।

गत चैत २० गतेदेखि विभिन्न माग राख्दै शिक्षकहरू आन्दोलनमा छन्। शिक्षा मन्त्रालयले उनीहरूलाई वार्ताका लागि बोलाएको छ।

सम्बन्धित समाचार

सबै