काठमाडौं, वैशाख २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज अपरान्ह ४ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ।
बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टीका हालसम्मका गतिविधि र समसामयिक राजनीतिक परिस्थितिमाथि गहिरो छलफल हुने तय गरिएको छ।
त्यस्तै, आसन्न पार्टी अधिवेशनको तयारी, जनयात्रा कार्यक्रमको प्रगति तथा प्रदेशसम्बन्धी जिम्मेवारी बाँडफाँटबारे समेत विस्तृत रूपमा छलफल हुने रास्वपाले जनाएको छ।