अर्घाखाँची, वैशाख २७ – प्रधानमन्त्री केपी शर्मा ओली आज अर्घाखाँची जाँदै छन्। उनले अर्घाखाँचीको पाणिनी गाउँपालिकामा आयोजना हुने ‘पाणिनी तपोभूमि सम्मेलन’ को उद्घाटन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली बिहान साढे ११ बजे काठमाडौंबाट हेलिकप्टरमार्फत अर्घाखाँची पुग्ने उनका सचिवालयले जनाएको छ।
संस्कृत भाषा र व्याकरणको मूल स्रोत मानिने पवित्र तपोभूमिलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए। सम्मेलन भोलि बिहीबार सम्पन्न हुने छ।
उक्त कार्यक्रम लुम्बिनी प्रदेश सरकारअन्तर्गतको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् र पाणिनी गाउँपालिकाको सहकार्यमा आयोजना गरिएको हो।







