नारायणी नदीमा डुबेर दिदीभाइ बेपत्ता

211 Shares

काठमाडौँ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ स्थित ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेर एकै परिवारका दिदीभाइ बेपत्ता भएका छन् ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक सानुकाजी विष्टका अनुसार गैँडाकोट–१ निवासी विष्णु सेर्पुञ्जाकी १३ वर्षीया छोरी दीक्षा सेर्पुञ्जा र नौ वर्षीय छोरा स्वप्निल सेर्पुञ्जा हिजो बेलुका नदीमा डुबेर बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार ती दुई बालबालिका हजुरआमा सुनमाया कुमालसँगै नारायणी नदी गएका थिए । फर्किने क्रममा हजुरआमाको चप्पल बगिएपछि लिन गएका भाइ स्वप्निल डुबेका थिए । उनलाई बचाउन प्रयास गर्दा दिदी दीक्षा पनि डुबेर बेपत्ता भएकी हुन् ।

घटनापछि राति खोजी कार्य थालिए पनि प्रहरीसँग गोताखोर नहुँदा उद्धार कार्य प्रभावित भएको थियो । अहिले बिहानदेखि गोताखोरको टोलीमार्फत दुवै बालबालिकाको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै