लिङ्देनको आग्रह : कार्यक्रमपछि फोहोर हुँदैन, महानगरले पत्र नकाटोस्

247 Shares

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकालाई खबरदारी सभापछि पत्र नकाट्न आग्रह गरेका छन्। मंगलबार बल्खुमा आयोजित सभामा बोल्दै उनले कार्यक्रमस्थल सफा राख्ने जिम्मा स्वयमसेवकहरूले लिने भएकाले महानगरले अनावश्यक रूपमा पत्र नपठाउन भनेका हुन्।

‘बल्खु काठमाडौं महानगरभित्रै पर्छ होइन? बालेनजीलाई धेरै हिरो भएर पत्र नकाट्न आग्रह गर्छु,’ लिङ्देनले भने, ‘हाम्रा साथीहरूले आफै सफा गरेर जान्छन्, केही पनि फोहोर रहने छैन। पत्रकार र नागरिक समाजहरूले पनि अनुगमन गरिदिनुहोस्।’

राप्रपाले कार्यक्रममा प्रयोग भएको फोहोर उठाउन मंगलबार अपराह्नमै महानगरको गाडी बोलाउने तयारी गरेको थियो।
यसअघि फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किंदा त्रिभुवन विमानस्थलदेखि अन्य स्थानसम्म फोहोर र संरचनामा क्षति पुगेको भन्दै महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना गरेको थियो। उक्त जरिवाना राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले तिरेका थिए।

सम्बन्धित समाचार

सबै