फुटले कम्युनिष्ट एकता असम्भव हुँदैन : प्रचण्ड

251 Shares

काठमाडौं, चैत २५ – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक पटक विभाजन भएकोमा नै कम्युनिष्ट एकता असम्भव ठान्न नहुने बताएका छन्।

मंगलबार प्रगतिशील लेखक संघको १३औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित नयाँ समितिलाई शुभकामना दिँदै उनले कम्युनिष्ट एकताको सम्भावना अझै जीवित रहेको धारणा राखे।

‘विभाजनले एकता असम्भव हुन्छ भन्ने सोच मार्क्सवादी सोच हुन सक्दैन,’ प्रचण्डले भने, ‘त्यो द्वन्द्वात्मक भौतिकवादी विचार होइन।’

उनले अतीतमा भएका कम्युनिष्ट एकता प्रयास सफल वा असफल जे भए पनि त्यसबाट शिक्षा लिनुपर्ने बताए। दुई प्रभावशाली कम्युनिष्ट दलबीच भएको अघिल्लो एकतालाई उदाहरण दिँदै उनले त्यो बचाउन नसकिएकोमा खेद व्यक्त गरे।

‘झण्डै दुई तिहाइ बहुमतको पार्टी हुँदा पनि एकता जोगाउन सकिएन,’ उनले भने, ‘अब त्यो अनुभवबाट पाठ सिक्नु जरुरी छ।’

वामपन्थी एकताको आवश्यकता औँल्याउँदै प्रचण्डले भने, ‘विभाजन र आलोचना भए पनि हामीले एकताको झण्डा कहिल्यै छाडेका छैनौं। फेरि सबै वामपन्थी शक्तिहरू एक ठाउँमा आउनैपर्छ।’

सम्बन्धित समाचार

सबै