तथ्यबिना प्रचारित खबरले चरित्र हत्या प्रयास : बालेन सचिवालय

233 Shares

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले ३५ वटा एम्बुलेन्स खरिदमा कुनै पनि प्रकारको घोटाला नभएको स्पष्ट पारेको छ। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयले सञ्चारमाध्यममा आएका समाचारहरू भ्रामक र पूर्वाग्रहपूर्ण भएको दाबी गरेको हो।

सचिवालयले भनेको छ, “खरिद प्रक्रियामा जनप्रतिनिधिको संलग्नता नहुने कानुनी व्यवस्था रहेको अवस्थामा उजुरी परेका तथ्यहरू तोडमोड र बङ्ग्याएर प्रस्तुत गरिएको छ। सार्वजनिक गरिएका विवरणहरू सत्य नहुनुका साथै तथ्य बाहिर छन्।”

सञ्चारमाध्यमहरूमा एम्बुलेन्स खरिदमा अनियमितता भएको खबर प्रकाशित भएपछि आएको विज्ञप्तिमा भनिएको छ, “पुष्टि नभएका सामग्रीले पदाधिकारीको मानमर्दन हुनुका साथै सार्वजनिक छविमा भ्रम सिर्जना गरिएको छ। निराधार र झुटा विवरणमार्फत मेयर, स्वकीय सचिव र अन्य पदाधिकारीको चरित्र हत्या गरिएको छ।”

सचिवालयले यस्ता समाचारप्रति गम्भीर आपत्ति जनाउँदै जिम्मेवार पत्रकारिताको अभ्यास हुनुपर्ने धारणा राखेको छ।

सम्बन्धित समाचार

सबै