241
Shares
काठमाडौं । राजधानीको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा ट्राफिक लाइट तोडफोड र जडीबुटी उद्योगमा आगो लगाएको आरोपमा एक युवक पक्राउ परेका छन्।
सिन्धुपाल्चोकका २७ वर्षीय कुमार तामाङलाई घटनामा संलग्न रहेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको हो।
उक्त कार्यालयका एसपी अङ्गुर जिसीका अनुसार तामाङले तीनकुनेमा भएको तोडफोड तथा आगजनीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यसअघि प्रहरीले भाटभटेनी सुपरमार्केटमा लुटपाटदेखि तीनकुनेमा आगजनी गर्ने अन्य केही व्यक्तिहरूलाई समेत पक्राउ गरिसकेको छ। हालसमेत घटनामा संलग्न अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।