ऊर्जामन्त्री खड्काविरुद्ध टिप्पणी गरेपछि दूधकोसी आयोजनाका प्रमुख हटाउने दबाब

175 Shares

काठमाडौं । सामाजिक सञ्जालमा ऊर्जामन्त्री दीपक खड्काको कार्यशैलीको आलोचना गरेपछि दूधकोसी जलविद्युत् आयोजनाका प्रमुख विमल गुरुङलाई हटाउन ऊर्जामन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई दबाब दिएको छ।

मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई पत्र पठाउँदै गुरुङलाई तत्काल हटाउन निर्देशन दिएको हो। मन्त्रालयका अनुसार गुरुङले सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले टिप्पणी गरेको भन्दै उनलाई हटाउन निर्णय गरिएको हो।

प्राधिकरण सञ्चालक समितिमा समेत छलफल भइसकेको भन्दै मन्त्रालयले गुरुङलाई तत्काल जिम्मेवारीबाट हटाएर जानकारी गराउन निर्देशन दिएको छ।

सम्बन्धित समाचार

सबै