नेपाल बारको नयाँ नेतृत्व चयन आजबाट, अध्यक्षमा मिश्र र श्रेष्ठबीच कडा प्रतिस्पर्धा

266 Shares

काठमाडौं — नेपाल बार एशोसिएसनको २७औं केन्द्रीय कार्य समितिका लागि शनिबार सम्पन्न निर्वाचनको मतगणना आज (सोमबार) दिउँसो १२ बजेबाट सुरु हुने भएको छ।

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार सबै मतपेटिका काठमाडौं आइपुगेका छन् र निर्धारित समयमै गणना सुरु गरिनेछ।

यसपटक ९ हजार ९५७ मतदाता रहेकोमा करिब ८० प्रतिशत मत खसेको थियो। काठमाडौंसहित देशभर ३६ वटा केन्द्रमा मतदान भएको थियो।

२५ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि ५७ जनाले उम्मेदवारी दिएका छन्। अध्यक्ष पदका लागि प्राडा विजयप्रसाद मिश्र (बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी समूह) र वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ (व्यावसायिक कानुन व्यवसायी समूह) बीच प्रतिस्पर्धा भइरहेको छ।

महासचिव पदमा मिश्रको समूहबाट वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला र श्रेष्ठको समूहबाट अधिवक्ता यज्ञमणि न्यौपाने मैदानमा छन्।

नयाँ नेतृत्वको छानोटसँगै नेपालको कानुनी क्षेत्रको आगामी दिशा निर्धारण हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै