239
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज (सोमबार) रूपन्देही प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरेको छ । लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा शुक्रबार पक्राउ गरिएको थियो ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशसँगै काठमाडौँबाट पक्राउ गरिएको हो । उनलाई शनिबार बिहान रूपन्देही लगिएको थियो, र शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले उनलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखिएको थियो ।
अदालतमा उपस्थित गराएपछि कानूनी प्रक्रिया पूरा गरेर लामिछानेलाई थुनामा पठाइने छ । यसअघि सुप्रिम ठगी मुद्दामा माघ १३ गते लामिछाने एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।