न्युयोर्कमा मन्त्री पौडेलको स्वागत, सोमबारदेखि राष्ट्रसंघीय उच्चस्तरीय बैठकमा सहभागिता

155 Shares

अमेरिका । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सभामा भाग लिन आइतबार न्युयोर्क पुगेका छन् । उनको स्वागतमा संयुक्त राष्ट्रसंघका लागि नेपाल स्थायी नियोगका प्रमुख लोकबहादुर थापा तथा दूतावासका अन्य कर्मचारी उपस्थित थिए ।

स्वागत गर्न जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट र महासचिव मुनेन्द्र नेम्वाङ पनि विमानस्थल पुगेका थिए । मन्त्री पौडेलले सोमबार र मंगलबार हुने उच्चस्तरीय बैठकहरूमा भाग लिने कार्यक्रम रहेको संयुक्त राष्ट्रसंघका लागि नेपाल स्थायी नियोगले जनाएको छ ।

सम्बन्धित समाचार

सबै