काठमाडौं – नेकपा एमालेका नेता र सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई न्यायालयको फैसलाविरुद्ध रुवाबासी नगर्न सुझाव दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले रास्वपा सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दामा पक्राउ परेपछि प्रतिक्रियामा टिप्पणी गर्दै भने, “हरेक व्यक्तिले आफ्नो पौरखका दशा र दुर्दशा भोग्नुपर्छ।”
थापाले लामिछानेको बचत हिनामिना, ठगी र अपचलनको आरोप लगाउँदै पार्टी खोल्नुअघि उनले वचतकर्तामाथि घात र विश्वासघात गरेको दाबी गरेका छन्।
लामिछानेले सहकारी ठगीमा मुछिएपछि दिएका प्रतिक्रियामा थापाले व्यंग्य गर्दै भने, “संसदीय छानविन गर्ने आफ्नै घोषणा! समितिद्वारा कारबाहीको सिफारिस– क्लिन चिट पाएँ! प्रतिशोध साँधियो!”
उक्त प्रकरणमा बुटवलको सुप्रीम सहकारीको बचत अपचलन मुद्दामा उच्च अदालत तुलसीपुरले लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो, जसपछि लामिछाने शुक्रबार राति पक्राउ परेका थिए।