निरंकुशतावादविरुद्धको अभियानमा सहभागी हुन मन्त्री गुरुङको आह्वान

43 Shares

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले निरंकुशतावादविरुद्धको अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका छन्।

शनिबार बिहान काठमाडौंको गोकर्ण रिसोर्टमा आयोजित एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको आठौँ संस्करण उद्घाटन गर्दै मन्त्री गुरुङले लोकतान्त्रिक समाजमै खेलकुदजस्ता गतिविधि सम्भव हुने बताए।

“खेलकुदजस्ता गतिविधि खुला समाज र लोकतन्त्रका मूलभूत मान्यता रहेको परिवेशमा मात्रै सम्भव हुन्छ,” उनले भने, “संविधानसँगै वैचारिक र भौतिक सीमाहरू हुन्छन्, तर ती सीमालाई अतिवादले पार गर्न मिल्दैन।”

उनले विखण्डनवाद र जातीय विभाजनलाई सरकारको नीतिगत रूपमा दुरुत्साहन गरिएको स्पष्ट पारे।

“निरंकुशतावादको तन्त्रलाई निषेध गर्दै आएका छौं। वृहत् सोचका साथ त्यसविरुद्धको अभियानमा लागिएको छ,” उनले भने, “त्यसै प्रक्रियामा तपाईँहरूलाई पनि सहभागी हुन आग्रह गर्दछु।”

शनिबार बिहान सञ्चारमन्त्री गुरुङले टी–अफ गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए। प्रतियोगितामा ९६ जना कर्पोरेट खेलाडीहरू सहभागी छन्।

सम्बन्धित समाचार

सबै