सुप्रिम सहकारी प्रकरण : रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आज आदेश आउँने

56 Shares

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा शुक्रबार बहस सकिएको छ । बिहीबार दुवै पक्षको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको मुद्दामा शुक्रबार अन्तिम बहस सम्पन्न भएको हो ।

उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार बहस सकिएसँगै शुक्रबारै मुद्दामा आदेश आउनेछ । सुप्रिम सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा दुवैजनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

यसअघि रूपन्देही जिल्ला अदालतले रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो भने छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।

सुप्रिम सहकारी प्रकरणमा माघ १३ गते न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, अर्का न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले गोर्खा मिडियाका सञ्चालकसमेत रहेका जोशीलाई थुनामा पठाउने आदेश गरेको थियो ।

जोशीका छोरा रोचक जोशीले उच्च अदालतमा पुर्पक्ष आदेशविरुद्ध निवेदन दर्ता गराएपछि माघ ३० मा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले कैफियत प्रतिवेदन माग गरेको थियो । त्यस्तै, रविले जिल्ला अदालतको धरौटी आदेश बदरको माग गर्दै उच्च अदालतमा पुनरावेदन गरेका हुन् ।

सम्बन्धित समाचार

सबै