संखुवासभामा एकीकृत समाजवादीको जिल्ला कमिटी चयन, सुमन शाक्य अध्यक्षमा निर्विरोध

418 Shares

संखुवासभा । नेकपा (एकीकृत समाजवादी) को नवौं जिल्ला अधिवेशनबाट सुमन शाक्य जिल्ला अध्यक्षमा निर्विरोध चयन भएका छन्। शाक्य यसअघि जिल्ला समन्वय समितिका प्रमुखको रूपमा कार्यरत थिए।

४७ सदस्यीय जिल्ला कमिटीमा उपाध्यक्षमा उपेन्द्र राई र लक्ष्मी चापागाई, सचिवमा राजेश खड्का तथा उपसचिवमा इन्द्र कार्की, सुलोचना शाक्य र झलक गुरुङ चयन भएका छन्।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई कोशी प्रदेश इञ्चार्ज राजेन्द्रकुमार राईले बिहीबार शपथ गराई प्रमाणपत्र वितरण गरेका थिए।

सम्बन्धित समाचार

सबै