संघीय संसदका तीन समिति बैठक आज बस्दै

172 Shares

काठमाडौं । संघीय संसद अन्तर्गतका तीन समितिको बैठक आज सिंहदरवारस्थित संसद सचिवालय परिसरमा बस्ने भएको छ ।

संसद सचिवालयका अनुसार, अर्थ समितिको बैठक बिहान ११ः०० बजे सुरु हुनेछ, जसमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटसम्बन्धी विषयमा अर्थ मन्त्रालयसँग छलफल गरिनेछ ।

यस्तै, गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले आयोजना गरेको प्रदर्शनसँग सम्बन्धित घटनाका विषयमा गृह मन्त्रालयसँग छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाइएको छ । सो बैठक पनि बिहान ११ः०० बजे नै हुनेछ ।

त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठकमा भने ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ मा दफावार छलफल जारी रहनेछ । यो बैठक पनि बिहान ११ः०० बजेबाट सुरु हुने जनाइएको छ ।

सम्बन्धित समाचार

सबै