48
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवै रिटमाथि आज सुनुवाइ भएको हो।
घिसिङले आफ्नो पदाधिकार बाँकी छँदै सरकारको निर्णयलाई बदनियतपूर्ण भन्दै थमौतीको अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका थिए भने शाक्यले चार वर्षअघि आफ्नो हटाइने निर्णय गलत भएको भन्दै रिट दायर गरेका थिए।
आजको सुनुवाइपछि अन्तरिम आदेशको निक्र्योल हुने बताइएको छ।