काठमाडौं । आज संघीय संसद् अन्तर्गत ६ वटा संसदीय समितिको बैठक बस्दैछ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनको संशोधन गर्ने विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ। बैठक बिहान ११ बजे बस्नेछ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि नीति सम्बन्धी आवश्यक सुझाव संकलन र छलफल हुनेछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
महिला तथा सामाजिक मामिला समितिको बैठकमा सामाजिक परिचालकहरूको व्यवस्थापनको बारेमा छलफल हुनेछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका बारेमा छलफल हुनेछ। बैठक बिहान ११ बजे बस्नेछ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी छलफल हुनेछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांक समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ। बैठकमा नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ।