95
Shares
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र नव नियुक्त हितेन्द्रदेव शाक्यको रिट निवेदन सर्वोच्च अदालतमा पुनः ‘हेर्दाहेर्दै’ मा परेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवै रिटमाथि आज सुनुवाइ भए पनि फैसला नभएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो ।
यसअघि आइतबार पनि सुनुवाइका लागि पेशी तोकिए पनि प्रक्रिया अघि बढ्न सकेको थिएन । मंगलबार सुनुवाइ सुरु भए पनि नसकिएपछि पुनः स्थगित गरिएको थियो ।