महासचिव पोखरेलद्वारा तीनकुने घटनामा पूर्वराजालाई दोषारोपण

63 Shares

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएका छन् ।

पार्टी कार्यक्रममा बोल्दै पोखरेलले शाहले नै दुर्गा प्रसाईंलाई कमाण्डर तोकेका कारण घटनाको सम्पूर्ण जिम्मेवारी उनकै भएको दाबी गरे । उनले भने, “दुई युवाको ज्यान गयो । यसको कमाण्डर दुर्गा प्रसाईं थिए । ज्ञानेन्द्रले नै निर्मल निवास बोलाएर उनलाई तोकेका हुन्, त्यसैले जे भयो, त्यसको निर्देशन शाहकै थियो।”

उनले बंगलादेशको नक्कल गरेर व्यवस्था परिवर्तन गर्न सकिन्छ भन्ने भ्रम छरिएको आरोप लगाए । पोखरेलले थपे, “१५ गतेको घटनापछि बेला-बेला बक्तव्य दिने ज्ञानेन्द्र शाह अझै मौन छन् । उनले परिचालन गरेका व्यक्तिले मच्चाएको वितण्डाबारे उनलाई थाहा छैन होला?”

यसरी मुलुकको भविष्यबारे बोल्ने व्यक्तिहरू नै गैरजिम्मेवार भएकाले जनताले सचेत रहनुपर्ने उनको भनाइ थियो ।

सम्बन्धित समाचार

सबै