विचार अभिव्यक्तिको स्वतन्त्रता मर्यादित हुनुपर्छ : राष्ट्रपति पौडेल

237 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले नागरिकलाई विचार अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरे पनि हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्न नपाउने स्पष्ट पारेका छन्।

रेडियो नेपालको हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा जनताको अभिमत महत्वपूर्ण हुने भन्दै संविधानको मर्म र भावना भुल्न नहुने बताए।

राष्ट्रपति पौडेलले लोकतान्त्रिक अधिकारको प्रयोग गर्दा कानुनप्रति जिम्मेवार हुनुपर्ने धारणा राख्दै संविधान प्रदत्त स्वतन्त्रताले असहमति जनाउने अधिकार दिए पनि त्यसलाई मर्यादित तरिकाले प्रयोग गर्नुपर्ने उल्लेख गरे।

उनले सञ्चारमाध्यमको भूमिकाको प्रशंसा गर्दै संविधानमा प्रेस स्वतन्त्रता सुनिश्चित गरिएको र रेडियो नेपालजस्ता संस्थाले लोकतन्त्रको सुदृढीकरणमा योगदान पुर्याएको बताए।

कार्यक्रममा राष्ट्रपति पौडेलले जनगायक रामकृष्ण दुवाल र देउडा गायक नन्दकृष्ण जोशीलाई ‘रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मान–२०८१’ बाट सम्मान गरे। साथै, वरिष्ठ संगीतकर्मीहरूलाई सम्मान प्रदान गरिएको थियो।

नेपालको पहिलो प्रसारण संस्था रेडियो नेपाल आजदेखि औपचारिक प्रसारणको ७५औं वर्षमा प्रवेश गरेको छ। २००७ साल चैत २० गते स्थापना भएको रेडियो नेपाल हाल २५ भाषामा समाचार र २४ भाषामा कार्यक्रम प्रसारण गर्दै आएको छ।

सम्बन्धित समाचार

सबै