नेपालगञ्जमा प्रचण्ड, माओवादी नेताहरू जागरण अभियानमा सक्रिय

223 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अखिल नेपाल महिला संघ क्रान्तिकारीको लुम्बिनी प्रदेश दोस्रो सम्मेलनमा सहभागी हुन नेपालगञ्ज पुगेका छन्।

अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेताहरू केहीबेरअघि नेपालगञ्ज पुगेका हुन्। त्यस्तै, माओवादी नेताहरू चैत्र २१ र २२ गते बाँके र बर्दियामा आयोजना हुने जनतासँग माओवादी तराई–मधेश जागरण अभियानमा सहभागी हुने प्रचण्डको सचिवालयले जनाएको छ।

यसअघि, माओवादी केन्द्रले समाजवादी मोर्चाको चैत्र १५ गते काठमाडौंमा भएको जनसभाका कारण उक्त अभियान स्थगित गरेको थियो। अभियान फागुन १२ गते झापाको कचनकवलबाट सुरू भएको थियो।

सम्बन्धित समाचार

सबै