53
Shares

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले राजावादी आन्दोलनका क्रममा मारिएका सुरेश रजक र सविन महर्जनका परिवारलाई आर्थिक सहायता दिने भएका छन् ।
पत्रकार सुरेश रजकका परिवारलाई रु ५ लाख र कीर्तिपुरका सविन महर्जनका परिवारलाई रु ३ लाख आर्थिक राहत प्रदान गर्ने घोषणा गरिएको छ । चैत १५ गतेको घटनामा सुरेश रजक तिनकुनेस्थित एक घरमा जलेर मृत्यु भएका थिए भने सविन महर्जनको गोली लागेर उपचारका क्रममा निधन भएको थियो ।
यस्तै, आन्दोलनको क्रममा भाटभटेनी सुपरमार्केट तोडफोड र लुटपाट हुन नदिन बहादुरी देखाएका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई सुपरमार्केटले सम्मान गरेको छ । उनलाई रु ५ लाख नगद पुरस्कारसहित पाँच ग्रेड बढुवा प्रदान गरिएको छ ।