संसदमा छाती ठोक्दै लिङ्देनको चुनौती : राजावादी यहाँ छ, सके जेल हाल !

205 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई जेल हाल्न सरकारलाई चुनौती दिएका छन्। आज (आइतबार) को संसदमा वैठकमा राजावादीलाई थुन्नुपर्ने मत गणतन्त्रवादी दलबाट व्यक्त भएपछि उनले छाती ठोक्दै आफूलाई जेल हाल्न चुनौती दिएका हुन् ।

सदनमा सत्तापक्ष र प्रतिपक्षीबीच चर्काचर्की भइरहँदा सभामुखले माइक कसैलाई दिएका थिएनन् । त्यसैबीच भएको विषयलाई उल्लेख गर्दै सामाजिक सञ्जालमा अध्यक्ष लिङ्दनले लेखेका छन्, ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरूलाई थुन्नुपर्छ भनेपछि…छाती ठोकेर भनियो राजावादी यहाँ छ सके जेल हाल !’

सम्बन्धित समाचार

सबै