अमेरिकी सहायता कोष रोकिँदा विश्वभरका मानवीय संस्था प्रभावित : संयुक्त राष्ट्रसङ्घ

229 Shares

अमेरिकी सहायता कोष रोकिँदा विश्वभरका मानवीय संस्था प्रभावित भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । गएको जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी र आप्रवासीको हितविपरितका एजेन्डा अघि सार्दै र धेरैजसो अमेरिकी वैदेशिक सहायता कोष तत्काल रोक्का गरेपछि विश्वभरका मानवीय संस्थाहरू प्रभावित भएका हुन् ।

आर्थिक सहायता कटौतीले झन्डै एक करोड ३० लाख विस्थापितको स्वास्थ्यलाई खतरामा पारेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय युएनएचसीआरले जनाएको छ । अमेरिका परम्परागत रूपमा यूएनएचसीआरको शीर्ष दाता हो र अमेरिकाले प्राप्त कुल योगदानको ४० प्रतिशत भन्दा बढी हिस्सा व्यहोर्ने गरेको थियो ।

युएनएचसीआरका जनस्वास्थ्य प्रमुख एलेन मैनाले सन् २०२५ सम्ममा, पर्याप्त स्रोत साधनको अभावमा अनुमानित ६३ लाख बालबालिकासहित एक करोड २८ लाख विस्थापित व्यक्ति स्वास्थ्य सहयोगबाट प्रभावित हुने बताएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । यसअघि सार्वजनिक स्वास्थ्य र पोषण कार्यक्रम प्रभावित हुँदा कुपोषण तथा मानसिक स्वास्थ्य समस्याहरूको जोखिम बढ्ने देखिन्छ ।

सम्बन्धित समाचार

सबै