नेपाल सुपर लिगमा काठमाण्डौ र ललितपुरको बराबरी

51 Shares

काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा साविक विजेता ललितपुर सिटी एफसी र काठमाण्डौ रेजर्सले २–२ गोलको बराबरी खेलेका छन् । हिजो त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालमा भएको पहिलो खेलमा ललितपुरले पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको थियो । तर खेलको दोस्रो हाफमा काठमाण्डौले दुई गोल गर्‍याे ।

योसँगै दुई टोलीले एक-एक अङ्क बाँडेका छन् । आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच खेल हुनेछ । खेल बेलुका ६ बजे शुरु हुनेछ । तेस्रो संस्करणको एनएसएल फुटबलमा सात टोली ललितपुर, काठमाण्डौ, पोखरा, बुटवल लुम्बिनी, धनगढी, झापा र चितवन सहभागी छन् ।

सम्बन्धित समाचार

सबै