नेपाल निर्धारण समय अगावै ग्रे लिस्टबाट बाहिरिने अर्थमन्त्री पौडेलको दाबी

54 Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टबाट बाहिरिने बताएका छन्। नेपाल ग्रे लिस्टमा परेको पुष्टि भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यो परिस्थिति विगतमा समयमा काम पूरा गर्न नसक्दा सिर्जना भएको बताएका छन्।

उनका अनुसार पेरिस बैठकबाट नेपालको ‘एक्सन प्लान’ स्वीकृत भइसकेको छ र प्रभावकारी कार्यान्वयनमार्फत नेपाल ग्रे लिस्टबाट चाँडै मुक्त हुनेछ।

नेपाल सम्पत्ति शुद्धीकरण निवारणका शर्तहरू कार्यान्वयन गर्न नसक्दा दुई वर्षका लागि ग्रे लिस्टमा परेको हो। फ्रान्सको पेरिसमा बसेको एफएटीएफ बैठकले नेपाललाई औपचारिक रूपमा सूचीमा राख्ने निर्णय गरेको हो। नेपालले एफएटीएफका ४० शर्तमध्ये हालसम्म २१ वटा मात्रै पूरा गरेको राष्ट्र बैंकले जनाएको छ।

यसअघि सन् २००८ देखि २०१४ सम्म नेपाल ग्रे लिस्टमा थियो। कानुनी र संस्थागत संरचना सुधार गरी नेपाल सूचीबाट हटेको थियो। नेपालले २००५, २०१०, र २०२३ मा गरी तीन पटक मूल्यांकन भोगिसकेको छ।

सम्बन्धित समाचार

सबै