भारतले नेपाली छात्रा प्रकृति लम्सालको मृत्युप्रति दु:ख व्यक्त गर्दै सुरक्षा सुनिश्चितता सुनिश्चित गर्ने प्रतिबद्धता जनायो

366 Shares

काठमाडौं – भारतले ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा मृत भेटिएकी नेपाली छात्रा प्रकृति लम्सालको मृत्युप्रति दु:ख व्यक्त गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भुवनेश्वरको केआईआईटी विश्वविद्यालयमा घटेको दुःखद घटनाप्रति गहिरो शोक व्यक्त गर्दै, “भारत सरकारले सबै नेपाली विद्यार्थीको सुरक्षा र हित सुनिश्चित गर्न आवश्यक कदम चाल्नेछ,” भने।

जयसवालले थपे, “भारत सरकार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा र हितलाई उच्च प्राथमिकता दिन तयार छ। नेपाल, ओडिसा सरकार र केआईआईटी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौं। आरोपीलाई पक्राउ गरिएको छ र अनुसन्धान अघि बढेको छ। ओडिसा सरकारले उच्चस्तरीय समिति गठन गरेर छानबिन प्रक्रिया सुरु गरेको छ।”

फेब्रुअरी १६ मा केआईआईटी विश्वविद्यालयको गल्स होस्टेलमा मृत भेटिएकी नेपाली छात्रा लम्सालको प्रारम्भिक अनुसन्धानले आत्महत्या गरेको संकेत गरेको छ। यस घटनामा निष्पक्ष छानबिनको माग गर्दै नेपाली विद्यार्थीहरूले आन्दोलन गरेका थिए। केआईआईटी प्रशासनले ५ सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टल खाली गर्न र स्वदेश फर्कन भनेको थियो। त्यसपछि, १७ फेब्रुअरीमा, केआईआईटी प्रशासनले माफी माग्दै नेपाली विद्यार्थीलाई फर्कन आह्वान गरेको थियो।

सम्बन्धित समाचार

सबै