पदबाट हटाइएपछि कुलमान घिसिङको सर्वोच्चमा रिट

156 Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई गैरकानुनी रूपमा बर्खास्त गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। घिसिङले बिहीबार आफ्नो रिट निवेदन सर्वोच्चमा दर्ता गरेका हुन्।

बुधबार अपराह्न सर्वोच्च पुगेका घिसिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दिपक खड्का, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन्।

रिट निवेदनमा उनले कुनै गल्ती नगरेको अवस्थामा सरकारले बदनियतपूर्वक स्पष्टीकरण सोधेर आफूलाई पदमुक्त गरेको उल्लेख गरेका छन्। साथै, सरकारको निर्णय बदर गरी आफूलाई पुनः कार्यकारी निर्देशकमा reinstatement गर्न माग गरेका छन्।

सर्वोच्च अदालत प्रशासनले घिसिङको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइका लागि शुक्रबार मिति तोकेको छ।

सम्बन्धित समाचार

सबै