सलमान खानको ‘सिकन्दर’ सेन्सर बोर्डबाट पास, २६ दृश्य हटाइयो

64 Shares

मुम्बई । बलिउड सुपरस्टार सलमान खानको नयाँ फिल्म ‘सिकन्दर’ सेन्सर बोर्डबाट पास भएको छ। आगामी मार्च ३० मा इदको अवसरमा रिलिज हुने फिल्मका केही दृश्यहरूमा सेन्सर बोर्डले काटछाँट गरेको छ।

बलिउड हंगामाका अनुसार सेन्सर बोर्डले फिल्मबाट २६ दृश्य हटाएको छ। रश्मिका मन्डन्ना र सलमान खानको संवादसहित केही दृश्य छोट्याइएको र केही संवादहरू हटाइएको छ। रश्मिका मन्डन्नाले गाएको ‘अजिब दास्तां है ये’ गीत पनि ११ सेकेन्डले छोट्याइएको छ।

त्यसैगरी, सलमानका केही संवाद र ‘होम मिनिस्टर’ शब्दमा समेत परिवर्तन गरिएको छ। राजनीतिक दलका पोस्टरहरू धमिलो पार्न निर्देशन दिइएको छ।

फिल्मको सुरुवाती रनटाइम १५० मिनेट भए पनि निर्माताले स्वेच्छाले थप १४ मिनेट २८ सेकेन्ड छोट्याएर अन्तिम रनटाइम १३५ मिनेट ४७ सेकेन्ड राखेका छन्। ‘सिकन्दर’ ले यूए १३ रेटिङ पाएको छ।

एआर मुरुगादासद्वारा निर्देशित फिल्ममा सलमान खान र रश्मिका मन्डन्ना पहिलो पटक स्क्रिनमा सँगै देखिनेछन्। काजल अग्रवाल, शरमन जोशी र अञ्जली धवन पनि मुख्य भूमिकामा छन्।

सम्बन्धित समाचार

सबै