बास्कोटाले नेकपाको एकता र विभाजनलाई इतिहासका दृष्टिकोणबाट विश्लेषण गरे

234 Shares

काठमाडौँ — नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सांसद गोकुल बास्कोटाले कम्युनिष्ट राजनीतिको सबैभन्दा सुखद इतिहास जननेता मदन भण्डारीको उदय र ‘जवज’ सिद्घान्तको प्रतिपादन भएको बताएका छन्।

आज (बिहीबार) सामाजिक सञ्जालमार्फत उनले नेकपाको एकता र पछि भएको विभाजनलाई दुःखद इतिहासको संज्ञा दिएका छन्। बास्कोटाले लेखेका छन्, ‘‘नेपालको लोकतान्त्रिक र कम्युनिष्ट राजनीतिको सर्वाधिक सुखद इतिहास जननेता मदन भण्डारीको उदय र जवजको प्रतिपादन हो भने दुःखद इतिहास नेकपाको लहडी एकता र दुर्दान्त विभाजन।’’

उनले वामपन्थीहरू अधिकारका लागि लड्न सक्ने तर मिल्न नसक्ने प्रवृत्तिले दीर्घकालसम्म समस्या हुने दाबी गरेका छन्। पछिल्लो समय देशको राजनीतिक उथलपुथलप्रति लक्षित गर्दै बास्कोटाले यस्तो टिप्पणी गरेका हुन्।

सम्बन्धित समाचार

सबै