संसद बैठक आज, कुलमान प्रकरणमा विपक्षीको अवरोध जारी रहने

236 Shares

काठमाडौँ — संघीय संसद्को दुवै सदनको बैठक आज (बिहीबार) बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १२:१५ बजेका लागि बोलाइएको छ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलहरूले आज पनि संसद अवरोध गर्ने तयारी गरेका छन्। बुधबारको बैठक पनि विपक्षीको अवरोधका कारण स्थगित भएको थियो।

बुधबारको बैठकमा माओवादी सांसद शक्ति बस्नेतले घिसिङलाई स्वार्थ समूहको दबाबमा हटाइएको आरोप लगाउँदै निर्णय फिर्ता लिन माग गरेका थिए। विपक्षी सांसदहरूले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद चल्न नदिने अडान लिएको कारण बैठक पटक–पटक स्थगित भएको थियो।

सभामुख देवराज घिमिरेले सहमतिको प्रयास गरे पनि विपक्षीको अडान कायमै रहेपछि आज बिहान ११ बजे पुनः बैठक बोलाइएको हो।

सम्बन्धित समाचार

सबै