प्रधानमन्त्री ओली बिमस्टेक शिखर सम्मेलनका लागि थाइल्यान्ड जाँदै

180 Shares

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली यही चैत १९ गतेदेखि थाइल्यान्डको औपचारिक भ्रमण गर्नुहुने भएको छ । उहाँ बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लाग्नुभएको हो ।

बिमस्टेकको छैटौं शिखर सम्मेलन यही चैत २२ गते बैंककमा शुरू हुँदैछ । प्रधानमन्त्री ओली थाइल्यान्डकी समकक्षी पेटोङ्टार्न शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँ जान लाग्नुभएको हो ।

नेपाल र थाइल्यान्डबीच शताब्दीयौं पुरानो सभ्यता तथा सांस्कृतिक सम्बन्ध रहे पनि नेपालको सरकार प्रमुखले अहिलेसम्म थाइल्यान्डको औपचारिक भ्रमण गरेका थिएनन् । यसअघि सन् १९८३ मा थाइल्यान्डका तत्कालीन प्रधानमन्त्री प्रेम तिनसुलानोन्डाले नेपाल भ्रमण गर्नुभएको थियो । बौद्ध धर्मको दर्शनले नेपाल र थाइल्यान्डलाई ऐतिहासिक रूपमा नजिक ल्याएको छ ।

सम्बन्धित समाचार

सबै