प्रतिपक्षको अवरोधले राष्ट्रियसभा बैठक स्थगित

198 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण राष्ट्रियसभा बैठक पुनः स्थगित गरिएको छ। दिउँसो ३ः४५ बजे सुरु भएको बैठक प्रतिपक्षी सांसदहरूले अवरोध गरेपछि स्थगित गर्नुपरेको हो।

सभामुख नारायण दाहालले बारम्बार अवरोध हटाएर छलफलमा फर्किन आग्रह गरे पनि प्रतिपक्षीले अस्वीकार गरेपछि बैठक स्थगित गर्नुपरेको हो। अब राष्ट्रियसभा बैठक चैत १४ गते बिहीबार दिउँसो १२ः४५ बजे बस्नेछ।

यसअघि दिउँसो १ः१५ बजे सुरु भएको बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो। तर, विशेष कारणबस निर्धारित समयमा बैठक बस्न नसकेपछि संसद् सचिवालयले बैठकको समय परिवर्तन गरी ३ः४५ मा पुनः बोलाएको थियो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका सांसदहरूले निरन्तर अवरोध गर्दै आएका छन्। उनीहरूले बैठक सुरु हुनासाथ रोष्ट्रम घेराउ गरी विरोध जनाएपछि बैठक सञ्चालन हुन सकेन।

सम्बन्धित समाचार

सबै