राष्ट्रियसभाको बैठक आज बस्दै, विभिन्न मन्त्रालयका प्रश्नोत्तर हुने

147 Shares

काठमाडौं – राष्ट्रियसभाको बैठक आज (बुधबार) दिउँसो १:१५ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्दै छ।

संघीय संसद सचिवालयका अनुसार बैठकमा भौतिक पूर्वाधार तथा यातायात, पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला तथा सामान्य प्रशासन, र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची रहेको छ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन संसदमा पेस गर्ने छन्। साथै, विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले “दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्था आवश्यकतासम्बन्धी प्रतिवेदन, २०८१” माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

सबै