कुलमान घिसिङ हटाइएपछि विद्युत प्राधिकरणमा सुरक्षा कडा

29 Shares

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएपछि सुरक्षा सतर्कता बढाइएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

यस निर्णयविरुद्ध विभिन्न ठाउँमा विरोध प्रदर्शन भएका छन् । रत्नपार्क आसपासमा प्रदर्शन हुन सक्ने आकलन गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । एकीकृत समाजवादी निकट जनसंगठनले घिसिङलाई हटाएको विरोधमा प्रदर्शन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुत्ला दहन गरेका छन् ।

घिसिङ हटाउने सरकारको निर्णयलाई प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गरेका छन् । सत्तारूढ दल नेपाली कांग्रेसभित्रै पनि असन्तुष्टि छ । गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद् बैठकमै असहमति जनाएका थिए भने कांग्रेस नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिकरूपमा सरकारको आलोचना गरेका छन् ।

सम्बन्धित समाचार

सबै