सांसद ज्ञानेन्द्र शाहीको चेतावनी : ‘मन्त्री फिर्ता बोलाएर देखाउनुस्’

255 Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कडा प्रतिक्रिया दिएका छन्।

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत शाहीले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई उर्जामन्त्री दीपक खड्कालाई फिर्ता बोलाएर देखाउन चुनौती दिएका छन्।

‘यदि साँच्चै तपाईहरू कुलमान घिसिङलाई पुनर्नियुक्त गर्न चाहनुहुन्छ भने, उहाँलाई हटाउने मन्त्रीलाई फिर्ता बोलाउनुहोस् र कारबाही गर्नुहोस्,’ शाहीले लेखेका छन्, ‘चाबी–ताला तपाईहरुकै हातमा छ।’

त्यस्तै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि उनले गोहीका आँशु नझार्न आग्रह गरेका छन्। ‘यदि साँच्चै कुलमानलाई पुनर्नियुक्ति गर्न चाहनुहुन्छ भने, कांग्रेस र एमालेसँग गरिएको टिआरसी सम्झौता तोड्नुहोस्,’ उनले भनेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। यस निर्णयको व्यापक विरोध भइरहेको छ।

सम्बन्धित समाचार

सबै