73
Shares

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेपछि कुलमान घिसिङ अदालत जाने भएका छन् । बाह्रखरीसँगको कुराकानीमा घिसिङले बर्खास्तीको चिठी पाएपछि अदालत जाने बताएका हुन् ।
“मैले पत्र पाएको छैन, पत्र पाएपछि अदालत जान्छु र त्यसपछि सबै कुरा भन्छु,” घिसिङले भने ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पदबाट हटाउने निर्णय गरेको थियो ।