बेपत्ता छानबिन र मेलमिलाप आयोगका लागि सिफारिस समिति गठन

209 Shares

काठमाडौँ – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ।

मन्त्रिपरिषद्को हिजोको बैठकले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष वा अध्यक्षले तोकेका व्यक्ति, पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कार्की र स्टेला तामाङ सदस्यको रूपमा रहेका छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनबारे छलफलपछि उक्त समिति गठन गरिएको हो।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न सरकारले समिति गठन गर्नुपर्ने कानुनी प्रावधान रहेको छ। सिफारिस समिति गठन भएको अधिकतम दुई महिनाभित्र आयोगका अध्यक्ष तथा सदस्यको नाम सिफारिस गर्नुपर्ने हुन्छ।

सम्बन्धित समाचार

सबै