स्वर्गद्वारी गुठीका मोही किसान र सरकारबीच सहमति

230 Shares

काठमाडौं । काठमाडौंको माइतीघरमा पछिल्लो ५१ दिनदेखि निरन्तर धर्ना दिइरहेका स्वर्गद्वारी गुठीका मोही किसान र सरकारबीच सहमति भएको छ । संसद अधिवेशन सुरु हुने बित्तिकै माघ २० देखि धर्नामा बसेका किसानको समस्या सम्बोधन हुने गरी चालु हिउँदे अधिवेशनमा विधेयक लैजाने सहमति भएसँगै संघर्ष समिति आन्दोलन स्थगित गर्न तयार भएको हो ।

तीन दिनदेखि निरन्तर वार्ता टोलीबीच भएको छलफलमा गुठी संस्थान ऐन, २०३३ मा संशोधन गरेर मोहीका समस्या हल गर्ने सहमति जुटेको हो । मन्त्रालयले संशोधन गर्नुपर्ने विधेयकको मस्यौदा तयार गरिसकेको र उक्त मस्यौदा तत्काल अगाडि बढाउने जनाएको छ । गुठीका मोही १ वर्षदेखि निरन्तर आन्दोलनमा छन् । २०८१ चैत ८ गतेको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरू सडक संघर्षमा आएका थिए ।

स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका उपसचिव प्रविण दहितले सरकारले गुठी संस्थान (तेस्रो) संशोधन विधेयक, २०८१ को मस्यौदालाई संघीय संसद्को चालु अधिवेशनमा विधेयकको रुपमा पेश गर्ने लिखित सहमति गरेपछि र विधेयकको मस्यौदासमेतमा सहमति जुटेपछि आन्दोलत स्थगित भएको हो । स्वर्गद्वारी गुठीको कारण दाङमा १२ मौजा (गाउँ) मा तीन हजार ५ परिवारका १६ हजार पीडित छन् । यी परिवारले एक हजार ५३ बिघा जमिन जोतभोग गर्दै आएका छन्, जुन गुठीअन्तर्गत छ ।

सम्बन्धित समाचार

सबै