शहीद दशरथ चन्द विश्वविद्यालयलाई मानक बनाउने कानून बनाउन सुझाव

58 Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई मानक विश्वविद्यालयका रूपमा स्थापना गर्न कानून निर्माण गर्न सुझाव दिएकी छिन्।

सोमबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथि दफावार छलफल गर्दै उनले विश्वविद्यालयका क्यालेन्डर, जनशक्ति व्यवस्थापन र जिम्मेवारीबारे स्पष्ट व्यवस्था आवश्यक रहेको बताइन्।

मन्त्री भट्टराईले पछिल्लो समय विश्वविद्यालयमा देखिएको झैझगडा र तालाबन्दीको समस्या गम्भीर बनेको भन्दै विधेयकले यसको समाधान ल्याउनुपर्नेमा जोड दिइन्। साथै, विश्वविद्यालयका पदाधिकारीहरूको अधिकारसम्बन्धी स्पष्ट प्रावधान राख्नुपर्ने आवश्यकता पनि उनले औंल्याइन्।

सम्बन्धित समाचार

सबै